धोका भयो भनी प्यारमा……………….!

  • प्रकाशित मिति : January 8, 2022
  • -जीवन भट्टराई
जिवन भट्टराई

नेपाल ज्योति, पुस २४ –

धोका भयो भनी प्यारमा, हल्ला चलाईदियौ।
यस्तै कुरा बजारमा, हल्ला चलाईदियौ।।

पर्खने बाचा गर्छु जन्मौ जन्म,भने पनि,
हतार गरि हतारमा, हल्ला चलाईदियौ।।

फर्कने बाचा गरि, मुटु नासो दिएको हुँ,
तर तिम्ले बेकारमा, हल्ला चलाईदियौ।।

तिमी सम्मै पुग्थे आँखा, भिड छिचोलेर,
तर के को आधारमा, हल्ला चलाईदियौ।।

चालिएका पाईलाहरु, एकाएकै पछि सार्यौ, गन्तब्यको संघारमा, हल्ला चलाईदियौ।।