मौसम परिवर्त हुन सक्ने, चिसो बाट जोगिन सजगता अपनाउन आवश्यक

  • प्रकाशित मिति : January 8, 2022
  • - सरु आचार्य "काली'
मौसम परिवर्तन

नेपाल ज्योति, पुस २४-
नजिकिदै गरेको माघ महिना सङ्गै काठमाडौमा चिसोको मात्रा पनि बड्दो छ । देशभर आज र भोलि मौसम चिसो रहने र हिमपात पनि हुन सक्ने अनुमान मौसम बिज्ञहरुले लगाएका छ्न ।

आज र भोलि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बद्लि र वाग्मती प्रदेशमा आंशिक तथा सामान्य बदली रहनेछ ।
आजबाट पश्चिम नेपालबाट प्रवेश गर्ने न्यून चापीय प्रणालीको प्रभावले पूर्ण बदली हुन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पहाडी र तराई भू–भागमा मेघ गर्जन र चटयाङ सहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भेगहरुतिर भने हिम्पात हुने मौसम बिभाग को सूचना प्राप्त भएको छ ।

सोमबार देखि यो मौसम प्रणालिमा थोरै सुधार हुनेछ । जाडोको समय भरी बालबालिका र बृद्धअबश्थामा रहनु भएको सबै जना सजक रहनु होला । कोरोनाको कहर अझै बाकी नै रहेको हुँदा स्वास्थको ध्यान राखी निमोनिया र चिसो सम्बन्धि रोग संग सजग रहनु होला ।

समय समयमा तातो पानी पिउदै रहनु होला ।