९४४ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या वढ्दै, सजगता अपनाउन आवश्यक

  • प्रकाशित मिति : January 8, 2022
  • -सरु आचार्य
कोरोना

नेपाल ज्योति, पुस २४ –

पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६१४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । आज थप २९७ जना संक्रमणमुक्त भएका छन् ।