नेपाल ज्योति, पुस २५ –
आइतबार बसेको कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी) को बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले सो जानकारी दिएकी हुन् ।
विद्यालय बन्द गर्ने सिफारिस सीसीएमसीसीले गरे पनि उक्त कुराको निर्णय नेपाल सरकारले गर्नेछ । सीसीएमसीसीको पत्र प्राप्त भएपछि विद्यालय कहिलेदेखि बन्द गर्ने भन्ने निर्णय सरकारले गर्ने शिक्षामन्त्रालय श्रोतले जनाएको छ ।