राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उम्मेदवारलाई चुनाव चिह्न प्रदान

  • प्रकाशित मिति : January 9, 2022
  • - यमुना आचार्य
निर्वाचन आयोग

नेपाल ज्योति,  पुस २५ गते – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ ।

राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा (एकीकृत समाजवादी) लाई कलम, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, राष्ट्रिय जनमोर्चालाई गिलास चुनाव चिन्ह प्रदान गरिएको जनाइएको छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का उम्मेदवारका लागि सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई हलो, नेपाल मजदुर किसान पार्टीलाई मादल र लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल चुनाव चिह्न प्रदान गरिएको छ ।

करिव   नौ वटा राजनीति दलका उम्मेदवारले राष्ट्रिय सभाको निर्वाचनमाभाग लिँदै छन् ।