तिम्रै हातले जल्ने मन छ जलाइ दिए……!

  • प्रकाशित मिति : January 16, 2022
  • -दिनेशराज पुरी
तिम्रै हातले जल्ने मन छ

नेपाल ज्योति, माघ २ –

तिम्रै हातले जल्ने मन छ जलाइ दिए जाती हुन्थ्यो ।।
मट्टीतेल त मैसित छ , सलाई दिए जाती हुन्थ्यो ।।

अरुको नै चुरा लायौ, सिन्दुर लायौ ,पोते लायौ
मैले देको टिका पनि , नलाई दिए जाती हुन्थ्यो ।।

पिरतीको डढेलो छ, छाती भित्र दन्किएको
गुन नै गर्छौ भने आँधी चलाई दिए जाती हुन्थ्यो ।।

अरु केहि माग्ने छैन जाँदा संगै ले‍र  गको
त्यति मेरो मुटु फिर्ता , मलाई दिए जाती हुन्थ्यो ।।