युक्रेनमा सम्भावित रुसी आक्रमणको डर बडेको संकेत

  • प्रकाशित मिति : January 16, 2022
  • -सरु आचार्य
युद्ध युक्ेन

नेपाल जयोति, माघ २ –

युक्रेन नजिक रसियाको सैन्य निर्माणलाई रोक्न र मस्कोलाई तनाव कम गर्न मनाउन युरोपमा भएको वार्तामा कुनै प्रगति हुन सकेन।

युक्रेनमा सम्भावित रुसी आक्रमणको डर बढेको छ।

रुसी अधिकारीहरूले गत हप्ता नै सुरक्षा वार्ता असफल भएको बताएका छन्। उक्त परिस्थितीलाई लिएर एक शीर्ष अधिकारीले मृत अवस्थाको रुपमा शोक व्यक्त गर्दै भने, संयुक्त राज्य अमेरिका र नाटोले रुसका प्रमुख मागहरूलाई दृढतापूर्वक अस्वीकार गरेपछि वार्ता जारी राख्नु व्यर्थ थियो ।

युक्रेन, जर्जिया स्वीडेन र फिनल्याण्ड लगायत  नाटोमा सम्मिलित हुनबाट सदाको लागि प्रतिबन्धत गर्नुको कुनै अर्थ देखिएन  भन्ने विश्लेषकहरुको विचार देखिन्छ। अर्को तर्फ मस्कोले आक्रमणको योजना अस्वीकार गरेको छ।

पूर्वी युरोपेली र बाल्टिक राज्यहरूबाट नाटोले सेना फिर्ता गर्ने उनको शर्त सहित व्यापक सुरक्षा ग्यारेन्टीहरूका लागि रुसको मागहरूमा वाशिंगटन र नाटोबाट लिखित प्रतिक्रियाको अब पर्खाइमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेकाछन्।

वार्ता असफल हुनुको अर्थ युद्धको खतरा बढेको भन्ने संकेत  सैन्य विश्लेषकहरूले गरेका छन् । रुसले क्राइमियालाई जबरजस्ती विलय गरेको झण्डै आठ वर्षपछि युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नभएको दाबी गरेको छ।

 

रसियाको सेनाले शुक्रबार सुदूर पूर्वमा लामो दूरीमा द्रुत रूपमा सार्नको लागि सैन्य एकाइहरूको तयारीमा स्न्याप चेक घोषणा गर्‍यो।

(अन्तरास्ट्रिय समाचार ऐजेन्सिबाट)