नेपाल ज्योति, माघ ३-
२०७२ सालमा विनाशकारी भुकम्प गएको भनेर हामि सबैलाई थहा छ तर भूकम्पका कथाहरु नेपालमा त्यो भन्दा अगाडि देखिएका छन । धेरैले हजुरबुवा, हजूरआमा, जिजुबुवा,जिजुआमाबाट सुनेका होलान् ।
वि.सं. ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ ।
९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।
भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आईनै रहेको छ । यहि क्रममा वि. सं २०७२ सालमा नेपालीले पुनः एकपटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो ।
उतिबेला ९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यू भयो । धेरै त्यस्ता नदिनाला अनि खहरे खोलाहरुले भूकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूलहरू रसाएर आए ।
राणा शासनकालमा भएको त्यो प्राकृतीक अत्याचारको अनि क्षतीको सम्झना स्वरुप हरेक वर्ष माघ २ मा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईने गरिन्छ । यस पटक पनि नेपालमा विभिन्न कार्यक्रम गरेर भुकम्प शुरक्षा दिवस मनाईएको छ ।