आफुले आफुलाई के बनाएर चिनाउने  ? त्यो तपाईको  आफ्नै हातमा हुन्छ

  • प्रकाशित मिति : January 17, 2022
  • -सरु आचार्य
सरु आचार्य

नेपाल ज्योति, माघ ३ –

तपाई हामी सबैलाई थाहाछ हिरा एक बहुमुल्य पत्त्थर हो । संसारमा अरु पनि धेरै चम्किला पत्त्थरहरु देख्न पाइन्छन् । तर हिरानै किन बहुमुल्य हुन पुग्यो ?  मानिसले किन हिरालाई नै बहुमुल्य गहना बनाएर घाँटीमा वा गहना बनाएर लगाउछन ?

सुन्दर देखिनकै लागि मात्र हो भने फुल हिरा भन्दा कयौ गुणा सुन्दर हुन्छ्न्। तर किन हिराकै महत्त्व बडी हुन्छ?  आखिर हेर्ने नै हो भने हिरा पनि एक प्रकार को पत्थर नै हो, फेरि किन अरु चम्किला पत्थरको गहना बनाएर लगाइदैन ?

संसारमा हरेक बस्तुले आफ्नो- आफ्नो गुणको आधारमा आफ्नो-आफ्नो परीचय बनाएका हुन्छन । जसले गर्दा उनिहरुको महत्व दोस्रो कुनै वस्तुले ओगट्न सक्दैन र उक्त कुराको कमीको पुरक कुनै दोस्रो कुरा हुन सक्दैन् ।

हिरा जति चम्किलो देखिन्छ नि तेति नै घातक पनि हुनेगर्छ । हिरालाई कुल्चिनु भयो भने खुट्टामा घाउ बनाईदिन्छ, खानुभयो भने प्राण लिन्छ , जति सुकै अध्यारोमा पनि उस्को आफ्नै चमक हुन्छ । जुन अरु कुनै पत्थरमा हुदैन ।  फुल यति नाजुक हुन्छ कि प्रकृतिक वातावरण सङ पनि लड्ने ताकत हुन्न । बोट बाट टिप्ने बित्तिकै फुलको आफुमा सन्तुलन हुदैन ।

किची-पिची बनाएर फालिँदा पनि चुप चाप हुन्छ प्रतिकार गर्न सक्दैन । तर हिरालाई कसैले कुल्चिने किच्याउने आट गर्न सक्दैन । जति मोह हिरा पाउन राख्छन्, उति डर पनि राख्छन् ।

अर्थात् संसारमा विशिष्ट त्यहि हुन्छ जो हरेक कुरा लाई चिरेर अघि बड्न सक्छ । हरेक कुरा खप्न सक्छ र कठोर बन्न सक्छ । त्यसैले आफूले आफूलाई हिरा जस्तो कठोर बनाउनुस, फुल जस्तो कमलो बन्नु भयो भने अस्तित्व छिटै सकिएर जान्छ । तपाइलाई कसैले चिन्ने भनेको तपाईको गुण र स्वभावको आधारमा हो । आफुले आफुलाई के बनाएर चिनाउने  ? त्यो तपाईको  आफ्नै हातमा हुन्छ ।

आफ्नो पहिचान आफै बनाउनुस्, अरुलाई बनाउन दिनु भयो भने तपाई आफु हुनुको अस्तिव मासिदिने छन् ।