नेपाल ज्योति, माघ ३ –
नेपालमा कोरोना संक्रमण तिव्ररुपले बढिरहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ७४७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार १४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय श्रोतले जनाएको छ ।
त्यस्तै, तीन हजार ४५१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ५४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
देशभर नेपालमा हालसम्म ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।