आज मध्यरातीबाट स्मार्ट लकडाउनको ३६ बुँदे आदेश जारी

के के गर्न पाईने के-के नपाईने

  • प्रकाशित मिति : January 18, 2022
  • - सरु आचार्य
३६ बुँदे आदेश जारी

नेपाल जयोति, माघ ४- मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिँदै माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विध्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ ।यो रोक माघ मसान्तसम्म लागू हुनेछ। सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध माघ मसान्तसम्म जारी रहनेछ ।

कोरोना भाइरस संक्रमण रोकथाम   गर्न जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयन आज राती मंगलबारदेखि लागू हुने भएको छ । आज मध्यरातीदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय काठमाण्डु उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले गरेका छन् ।

यसैगरी माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड ९मोबाइलमा फोटो भए पनि हुने० अनिवार्य गर्ने निर्णय पनि तीनै प्रमुख जिल्ला अधिकारीहरुले गरेका  छन् ।