छोरालाई मोल छोरीलाई खोलको व्यबहार कहिले सम्म ?

  • प्रकाशित मिति : January 18, 2022
  • - घनश्याम आचार्य

नेपाल जयोति, माघ ४- देशमा कानुन, नियम, संविधान, तथा अनेकौं सामाजिक मुलयमान्यता छ । कानुन कार्यन्वयन गर्ने अनेकौं निकाय तथा अदालत छ । त्यस्तै नागरिकको सचेत जत्त्था अनि सामाजिक अभियन्ता समेत चौवाटोमा कुदिरहेको देखिन्छन् ।
छोरी, आमा, बुहारी तथा सासु जे जस्तो नामले हाम्रो समाजमा नारीलाई संवोधन गरेपनि व्यवहारमा आजपनि अविश्वास कै पात्रका रुपमा हेर्ने गरिएको पाइन्छ ।

धार्मिक दृष्टिमा नारि शक्तिलाई मुल श्रोतकारुपमा समेत मानिन्छ तर नारीलाई सत्ययुग देखिनै आफ्नो फाईदाको लागि र उपभोगको लागि प्रयोग गर्दै आएको बिभिन्न धार्मिक कथाहरुमा समेत सुन्दै आएका छौं । देवताको सासनमा समेत युद्ध जित्न नारिको हरण गर्ने आख्यानहरु व्यापक मात्रमा पाइन्छ ।
जालन्धर र महादेवको कथामा जालन्धरलाई जित्न नसक्दा स्वयं भगवान विष्णुले जालन्धर पत्निको सतित्व हरण गरेका थिए । पुरुष पुरुषको युद्धमा समेत पराजित हुँदा जितको लागि नारीको प्रयोग गर्न स्वयं देवता समेत अछुत रहेनन् ।
आफु जन्मेको, आफ्नै संघर्षले ल्याएको परिवर्तनलाई ग्रहण गरेको समाजवाट आज नेपाली नारी असुरक्षित झै जिवनयापन गर्न बाध्य हुनपरेको छ ।
आजको एक्काइसौं शताव्दिमा आएर पनि छोरा र छोरि विचको विभेद समाजमा खासै हटेको पाइएको छैन् । देश देखि विदेश सम्म नारीहरुले हामि पुरुष भन्दा कम छैनौ भन्ने प्रमाण स्वरुप हवाइजहाज देखि चन्द्रमा सम्म पुगेर देखाउँदा पनि छोरिलाई आजसम्म समाजले सहर्ष स्विकार्न सकेको देखिएको छैन् ।

समाजमा आजपनि प्रसब पिडामा छटपाटाइ रहेकि नारीले छोरिको जन्म दिँदा वाहिर बसेर नातिको आगमनको प्रतिक्षा गरिरहेका हजुरबुवा हजुरामा छोरि जन्मेको आवाज सुन्ने वित्तिकै अस्पतालको ढोकैबाट सुत्केरि छाडि फर्केका उदाहरण यहि समाजमा धेरै छन् ।आज पनि समाजले छोरालाई मोल छोरिलाई खोलको ब्राण्ड वनाएको जस्तो देखिन्छ ।

जब कि सबैलाई थाहा छ, छोरा जन्मिदा होस या छोरी जन्मिदा गर्भ नौ महिना कै हुन्छ । प्रसब पिडाले छोरिको पालिमा कम दुख्छु अनि छोराको पालिमा धेरै दुख्छु कहि भनेको छैन ।

प्रकृतिको नियम छोरा र छोरिको लागि दुवैको लागि दुरुस्तै बनेका छन् । अनि फेरि मात्र एउटा शारिरिक बनौटको आधारमा छोरिलाई किन भिन्न व्यबहार गरिन्छ रु जब कि छोरामा भन्दा बढि सहने क्षमता देखि लिएर त्याग समेत नारि कै बढि हुन्छ ।

वर्तमान समाजमा पनि नारी सुरक्षित भएर घरवाट निर्धक्क बाहिर निस्कन नसक्नु कति सम्म लज्जास्पद कुरा हो । नेपाल मै कयौं प्रतिनिधिमुलक उदाहरण रहेका छन् । निर्मला पन्त घटनाले सारा नेपालीको मुटु कमाएर सबैलाई रुवाएर न्याय नपाउँदै भर्खरै मात्र नेपालको राजधानि काठमाण्डौको बालाजु जस्तो ठाउँ जहाँ दिनहुँ हाज्जारौं मान्छेको चहलपहल हुन्छ, त्यस्तो स्थानमा पनि एउटी नारीरछोरी दश९दश जना पुरुषबाट बलत्कृत हुनु त्यो पनि महिला राष्ट्रपति भएको देशमा कत्तिसम्मको लाजमर्दो कुरा हो ।

यहि देशमा बर्षौं बितिसक्दा समेत निर्मला पन्तको एउटा अपराधि पत्तालगेको छैन् । अव के दश अपराधिले कानुन बमोजिम सजाय पाउँछन भन्ने आशा हामि सर्वसाधारण जनताले राख्न सक्छौं र ?

न्याय नपाए गोर्खा जानु भन्ने छाप हाम्रा पुस्ताले छाडेर गएका थिए । अब यि दुई जस्ता कयौं बलत्कृत छोरिहरुले न्याय खोज्न कहाँ जानु पर्ने हो रु कानुन निर्माण गर्ने संसद भवन भित्र बसेका सवैलाइ मेरो यो प्रश्न ?
आधुनिक सभ्य समाजमा नारी हत्या, वलत्कार, हिंसा, वेचबिखन, नियन्त्रित यौन शोषण जस्ता गम्भिर अपराधजन्य घटना बाट नेपाली नारीरछोरी पिडित हुनुपरेको छ । राजनितिक दल, समाजिक अभियन्ता कर्मचारितन्त्र तथा राष्ट्रका सम्पुर्ण निकायले यस प्रकारका अपराधपुर्ण घटना नियन्त्रण गर्न प्रभावकारिका साथ समाजमा सकृय हुन आवश्यक छ ।