नेपाल ज्योति, माघ ५ – एउटा गाँउमा दुई जना दिदि बहिनी बस्दथे । उनिहरु गरिव परिवारको भएका करण दाउरा बेचेरे जिविकोपार्जन गर्न विवस थिए । एक दिन सदा झैं दाउरा खोज्न दुई दिदि-बहिनी जङ्गल निस्किए । धेरै बेर खोज्दा पनि दाउरा नभेटे पछि दुबै निरास भए । एकै छिन पछि फेरी दुबै जना दाउरा खोज्न भनेर हिडे ।
धेरै कोशिस पछि दिदिले एउटा सखुवाको मुडा भेटिन र खुसि हुंदै बहिनीलाई सुनाइन, यो मुडा सधैं भेटिने दाउरा भन्दा ठुलो छ र यसको पैसा पनि धेरै आउँछ । यो सुनेर बैनि भित्र-भित्रै डाह गर्न थाली र मन मनै सोच्न थाली अब म यसको भन्दा ठुलो मुडा खोजेर धेरै पैसा कमाउँछु । केहि बेर पछि बाटोमा अरु सानो दाउराहरु भेटिन थाल्यो तर बैनिले त्यो दाउरा नटिपीकन अघि बड्न थालि । बहिनिको यस्तो चाला देखेर दिदि आश्चर्य हुँदै तिनै बहिनीले छाडेको दाउराहरु समेटदै अघि बड्न थाली।
त्यत्तिकैमा रात पर्यो ठुलो दाउरा खोज्ने चक्करमा बैनी सित एउटा पनि दाउरा थिएन । दिदि सित भने साना ठुला गरेर धेरै दाउरा थिए ।सबै दाउरा बेच्दा दिदि ले रु. ४ हजार पैसा हात पारि, त्यो रु. ४ हजार मध्ये १ हजार ठुलो दाउराको थियो भने बाँकी ३ हजार साना दाउराहरुको पैसा थियो ।जुन दाउरा उस्को बैनीले छाडेर हिडेकी थिइन । यो देखेर बैनीलाई निकै पछुतो भयो ।
यो कथाबट हामीले के सिक्नु पर्छ भने जिबनमा धेरै समस्या आउँछन, यो सब देखेर हामी सधै दुखी रहन्छौ । तर अरुलाई भने सधै खुसी देख्छौ । सधै यहि लाग्छकी अरुको जिबनमा कुनै पनि पिडा छैन तेसैले उ सधै खुसि छ। आफु सित भएको सानो सानो कुरा सित कहिले खुशी हुनै खोजदैनौ । सानो सानो खुशीको कदर नगर्दा दुखी भएर बस्नु पर्छ ।
ठुलो कुराको महत्व अवस्य हुन्छ तर सानो – सानो कुरा हरु मिलेरनै ठुलो रुप लिने गर्छ । तेसैले हरेक साना-साना कुरालाई समेटेर अगि बड्नु पर्छ यस्ले जिबनलाई रित्तो हुन बट जोगाउँछ । तेसैले आजबटै खुशी हुने कारण खोज्न थाल्नुस ।