नेपाल ज्योति, माघ ५- चितवन नगरपालिका वडा नं १ घलान चोक बसोबास गर्ने जलवहादुर श्रेष्ठको श्रीमती र छोरी यहि २०७८-१०-०२ गते देखि हराएको जानकारि पति श्रेष्ठले नेपाल ज्योतिलाई फोन मार्फत जानकारि दिएका छन् ।
हातमा A+J ट्याटु खोपेकी बर्ष २४ गहुँ गोरो वर्णकी श्रीमती अन्जु लामा श्रेष्ठले ओठ माथि कालो कोठी भएकी बर्ष ४ नावालिक छोरी आर्य श्रेष्ठलाई समेत साथमा लिएर दिउँसो २ बजेतिर घरबाट निस्केर गएको समेत उनले बताए ।
घरबाट खेतको बाटो हुदै पश्चिम जङगल छेउ सम्म उनलाई केहि छिमेकीहरुले देखेको बताएता पनि त्यहाँबाट कता लागिन कसैलाई थाहा नभएको बाताइएको छ ।
श्रिमान जलवाहादुर श्रेष्ठको भनाई अनुसार माघ १ गते माघे संक्रान्तिको दिन पति-पत्निकाविच सामान्य घर झगडा भएको बुझिएको छ ।
छोरि जहिले पनि बाबु खोज्ने, बाबु संगै सुत्न खोज्ने ४ वर्षिया छोरि र सामान्य घरायसि विबादमा घरछोडेर हिडेकि पत्निको धेरै याद आएकोले आफु धेरै भावबिह्वल भएको निजले बताए ।
देख्नु हुने वा थाहा जानकारी पाउनु हुने जो कोहि महानुभावले तल दिइएको फोन नम्वरमा वा स्थानिय प्रशासनलाई जानकारि दिएर सहयोग गरिदिनु होला ।
सम्पर्क नंम्बरहरु
९८६१५६६२४७ (श्रिमान जलवाहादुर श्रेष्ठ)
९८०२०३५५६२ (नेपाल ज्योति)