नेपाल ज्योति, माघ ६ –
त्रेता युगमा राज दशरथका छोरा रामको विबाह सिता संग हुंदा राजा जनकले छोरी सितालाई खुशियालीमा दिएको उपहारलाई कलियुगमा देखासिखि लाइ दहेजकोरुपमा समाजका धनि सामन्तिको संस्कारलाई विकास गर्दै याहिले बिकृतिको रुपमा आएको छ ।
शिक्षाको कुरा गर्ने हो भने वीरगंजका डा. निलम साहलाई लिन सकिन्छ । श्रिमान र श्रिमति दुवै जना डा. हुन तर दहेज दिएन भनेर सासु र ससुराले डा. निलम साहलाई दुःख दिनथाले पछि मुद्दा मामला सम्म भयो । दहेज हाम्रो हाल यो मधेस प्रदेशमा विशालुको रुपमा जरो गाडेको छ । यो समस्या राजनितिक कर्ता वा सामाजिक सचेतनाको अभियान चलाउने कार्यकर्ता वाट जसरि सामाजिक सचेताना चलाईने अभियानको रुपमा छोरा मेरो वंशज हो ।
हाम्रो समाजलाई छोरि पनि हाम्रो बंशजहो भन्ने कुरा हाम्रो पितृसत्तात्मक समाज वा पुरुष प्रधान सोच सवै नागरिकको दिल र दिमाग बाट हट्नु पर्ने छ । अनि मात्र छोरा र छोरी समान हुने छन् । कानुन जस्तो बनाएपनि दहेज प्रथा हटाउन गार्हो विषय बनिरहेको छ । हाल सचेतनाको माध्यम वाट यो दहेज न्युनिकरण मधेस प्रदेशका सरकारको “वेटी पढाउ वेटी बचाउ” भन्ने मुल नाराका साथ अघिबढेकाले केहि हदसम्म न्युनिकरण भएको देखिन्छ ।
तर पनि समाजमा छोरा-छोरी विचमा अहिले पनि सामाजिक विभेद कायम नै रहेको छ । हाम्रो दक्षिणमा रहेको छिमेकी राष्ट्र भारतको विहारको सुरसण्ड भन्ने ठाउँमा हाल सम्म महिला चेलिवेटी वेच-बिखन बजारको रुपमा चिनिन्छ । यस प्रकारको अप्रत्यक्ष प्रभाव हाम्रो मधेस प्रदेशमा पनि परिरहेको बिभिन्न अनुसन्धान र तहकिकातवाट वुझिन्छ ।
रोटि(बेटीको कुरा गर्दा हामि राजनितिक नेता कार्यकर्ताहरुले यि तमाम कुराहरुमा विबेक पुर्याउदै राजनितिक यात्राका मुद्दाहरुलाई उठान गर्दा दहेजको मुद्दा पनि राजनितिक पार्टिहरुको मुद्दाको रुपमा उठाउनु पर्नेमा राजनितिक दलहरु यसमा चुकेका देखिन्छन् ।
मधेस दहेजबाट परेसान भएको रुपमा चिनिन थालेका छन् । समाज अहिले पनि कहाँ छ, दहेज विरुद्धको राजनैतिक तथा शैक्षिक चेतनाको जति कुरा गरे पनि, छोरा र छोरीको विचमा हुने विभेदको अनेकौं कारण मध्य दहेज पनि एक प्रमुख कारण हो । कानुन जस्तो बनए पनि हामि दहेज लिन र दिन पछि पर्दैनौं । दहेज प्रथा आजको सभ्ययुगमा नेपाली समुदायमा समाजिक रुपान्तरणका लागि प्रमुख बाधाको रुपमा रहेको छ ।