नेपाल जयोति, माघ ६- पछिल्लो चरणमा ओमिक्रोन भाइरसको असर युवा तथा वयस्क भन्दा बालबालिकामा धेरै संक्रमण बढ्दै गएको पाइएकोछ । विशेषगरी शिशु अवस्थाका बालबालिकामा कोभिड–१९ संक्रमण जटिल हुनेगर्दछ।
तेसैले आफ्ना बालबालिका हरुलाइ विशेष ध्यान पुर्याउन आवश्यक छ।
सरकारले होम आइसोलेसनमा बसेकाहरूका लागि हालै प्रकाशित गरेको हाते पुस्तिकमा शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१९ को गम्भीर अवस्थाको रूपमा उल्लेख गरिएको छ ।
कुन अवस्थामा धेरै ध्यान दिनुपर्ने ?
- श्वासप्रश्वासमा कठिनाइ, छिटोछिटो सास फेर्ने, सास फेर्दा कन्ने, घ्यारघ्यार हुने
- शिशुले दूध चुस्न नसक्ने
- उच्च ज्वरो आउने
- अत्याधिक झर्को मान्नु
- ओठ वा अनुहार निलो हुनु
- जगाउँदा नजाग्नु वा जागेको अवस्थामा सुस्त हुनु
- कुनै पनि तरल पदार्थ पिउन र निल्न नसक्नु
शिशुमा यस्ता लक्षण देखिए सरकारको कोभिड–१९ बारे परामर्श दिने कल सेन्टर ११३३ मा फोन गर्न वा तुरुन्त अस्पताल लैजान पुस्तिकामा सुझाव दिइएको छ ।