भोलि माघ ७ गते देखि काठमाण्डौ उपत्यकामा जोर-विजोर प्रणाली लागु हुने

कोरोना भाइरसको तेस्रो लहरलाई कम गर्न

  • प्रकाशित मिति : January 20, 2022
  • -सरु आचार्य
जोर बिजोर प्रणाली

नेपाल ज्योति , माघ ६  – कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भोलि माघ ७ गते बाट काठमाडौं उपत्यकामा सवारी साधन संचालनमा जोर-विजोर प्रणाली लागु हुने भएको छ। कोरोना भाइरसको तेस्रो लहरलाई कम गर्न स्मार्ट लकडाउन कार्यविधि अनुसार प्रसाशनले यो प्रणाली लागू गरेको हो ।

माघ ७ गते राति १२ बजेदेखि जोर-विजोर प्रणाली लागु  हुने जनाइएको छ। शुक्रबार राति देखि जोर दिनमा जोर नम्बर र विजोर दिनमा विजोर नम्बर मात्रै चलाउन पाइने भएको छ। सार्वजनिक तथा निजी सवारी साधनमा पनि यो नियम लागू हुनेछ। त्यस्तै, दुई पांग्रेस सवारी साधनमा पनि जोर विजोर नियम लागू हुने आदेशमा उल्लेख छ।