त्रिभुवन विश्वविद्याल अन्तर्गतका सबै परीक्षा स्थगित

वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा

  • प्रकाशित मिति : January 20, 2022
  • - घनश्याम आचार्य
त्रिवि

नेपाल ज्योति, माघ ६ –
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।

बिहीवार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एउटा सूचना प्रकाशित गर्दै  उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापक पनि सङ्क्रमित भएकाले त्यस्तो निर्णय लिइएको जनाएको छ।