माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा एमाले–लोसपा गठबन्धन हुने निश्चित

चुनावी तालमेल

  • प्रकाशित मिति : January 20, 2022
  • विश्व घिमिरे
एमाले लोसपा

नेपाल ज्योति, माघ ६–  राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ ।

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने छन् ।

दुबै बिपक्षी पार्टी विच बिहीबार भएको सहमतिमा एमालेका तर्फवाट मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका तर्फवाट प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।