नेपाल ज्योति, माघ ८-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र पाँच हजार ३१५ संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा ३७ सय ६२, ललितपुरमा १११० र भक्तपुरमा ४४३ गरेर पाँच हजार ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा शनिबार ३७ सय ६२ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार १५९ पुगेको छ भने २२ सय ५० जनाको मृत्यु भएको छ । काठमाडौंमा कुल संक्रमितको संख्या २ लाख ९२ हजार ७६३ पुगेको छ । जसमध्ये दुई लाख ५६ हजार ३५४ जना निको भएका छन् ।
त्यसैगरी, ललितपुर जिल्लामा संक्रमितको संख्या ५९ हजार ६७१ पुगेको छ भने ५० हजार ७३८ जना निको भएका छन् । ललितपुरमा अहिले ८ हजार २२० जना सक्रिय संक्रमित रहेका छन् भने ७१३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपलव्ध तथ्याङ्क अनुसार भक्तपुर जिल्लामा ३४ हजार ८६७ जनामा संक्रमण पुष्टि हुँदा २९ हजार ७८२ जना निको भएका छन् भने ४४० जनाको मृत्यु भएको छ । भक्तपुर जिल्लामा अहिले पनि ४ हजार ६४५ जना सक्रिय संक्रमित छन् ।