पछिल्लो २४ घण्टामा कोभिडकै कारण १६ जनाको मृत्यु

  • प्रकाशित मिति : January 22, 2022
  • -सरु आचार्य
कोरोना मृतक

नेपाल ज्योति, माघ ८ –

पछिल्लो  २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनुको साथै र कोभिडकै कारण १६ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

संक्रमितको पछिल्लो वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२,००० नाघिसकेको छ।

विगत दुई सातादेखि नेपालमा कोभिड -१९ निरन्तर बढिरहेको छ।

हाल सम्म नेपालमा ११,६५१ जनाको कोभिडका कारण मृत्यु भएको छ जुन कुल सङ्क्रमितको १.४ प्रतिशत हो।