युक्रेन तनावः अमेरिकाको घातक सहायता सामाग्रि सिमाना निर्माणको बीचमा कीभ आइपुग्यो

  • प्रकाशित मिति : January 22, 2022
  • -सरु आचार्य
युक्रेन युद्ध

नेपाल ज्योति, माघ ८ –  सीमामा रुसले सेना तैनाथ गरेको तनावका बीच अमेरिकाले करिब ९० टन ‘घातक सहायता’ युक्रेन पुगेको छ। उक्त सामाग्री युक्रेनका लागि हालसालै स्वीकृत अमेरिकी सैन्य सहायता प्याकेजको पहिलो ढुवानी थियो, र अग्रपंक्तिमा रहने सुरक्षाकर्मिहरुका लागि गोला बारुद समावेश थियो।

यो डिलिवरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको यसै हप्ता कीभको भ्रमण पछि भएको हो, जहाँ उनले रूसले आक्रमण गरे कडा प्रतिक्रिया दिने चेतावनी समेत दिएका थिए।

उता मस्कोले युक्रेनमा आक्रमण वा आक्रमण गर्ने कुनै योजनालाई अस्वीकार गरेको छ।

कीभस्थित अमेरिकी दूतावासले भनेको छ कि उक्त ढुवानीले युक्रेनको आत्मरक्षाको सार्वभौम अधिकारप्रति दृढ प्रतिबद्धता देखाएको छ।

(बिबिसी अङ्ग्रेजी समाचारमा आधारित)