ज्योतिष शास्त्रअनुसार १२ राशिको  १२ वटै लग्न तथा १२ वटै भाव बिचार

  • प्रकाशित मिति : January 27, 2022
  • - घनश्याम आचार्य
ज्योतिष

नेपाल ज्योति, माघ १३ –

मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, र मीन गरेर जम्मा बाह्र राशी रहेका छन् ।

बाह्र राशीहरुको आ–आफ्नै स्वामीहरू रहेका हुन्छन् ।

मेष र वृश्चिक राशिको स्वामी-मङ्गल,
वृष र तुला राशिको स्वामी – शुक्र
कर्कट राशिको स्वामी – चन्द्रमा
सिंह राशिको स्वामी – सूर्य
मिथुन र कन्या राशिको स्वामी – बुध,
धनु र मीन राशिको स्वामी – गुरु,
मकर र कुम्भ रासीको स्वामीः शनि ।

बाह्र रासिका स्थान आनुसार भाब रहेका हुन्छन । जसलाई लग्न समेत भनिन्छ । १ देखि १२ लेखिएको स्थानलाई प्रथम देखि द्वादश भाव भनेर बुझिन्छ । अर्थात १ देखि १२ सम्मका भावहरु बाट विभिन्न अवस्थाहरुको विचार गरिन्छ ।

१. प्रथम भाव जसलाई लग्न पनि भनिन्छ यसबाट जातकको – शरीर, रङ्ग आकृति मुख, मस्तक, केश आयु, योग्यता, तेज तथा आरोग्य ।
२.  द्वितीय भाव जसलाई धनभाव पनि भनिन्छ, यसबाट जातकको कुटुम्ब, परिवार, दायाँ आँखा, वाणी, विद्या, बहुमूल्य सामाग्रीहरूको सङ्ग्रह सुनचाँदी, चलाचल सम्पत्ति, नम्रता, भोजन, वाकपटुता तथा सत्यासत्य आदि।

३. तृतीय भाव जसलाई पराक्रम स्थानले पनि जानिन्छ र भाइ भाव पनि भनिन्छ , यसभावबाट जातकको – भाइ बहिनी, दाहिने कान लघु यात्रा साहस सामर्थ्य अर्थात् पराक्रम, नोकर–चाकर, भाइ बहिनीसँगको सम्बन्ध, छर–छिमेकी, लेखन तथा प्रकाशन गुप्त शत्रु आदिको बारेमा विचार गरिन्छ ।

४. चतुर्थ भाव यसलाई सुख भाव पनि भनिन्छ यसबाट जातकको – आमा, जन्मसमयको परिस्थिति, धर्मपुत्र, हृदय, छाती, पति–पत्नीको विधि वा कानुनी मामला, चलसम्पति, गृह निर्माण, वाहन सुख आदिको विचार गरिन्छ ।
५. पञ्चम भाव यसलाई सुत अर्थात् सन्तान भाव पनि भनिन्छ । यसबाट जातकको सन्तान अर्थात् पुत्र–पुत्री, मानसिकता मन्त्र, ज्ञान विवेक, स्मरण शक्ति, विद्या, प्रतिष्ठा आदिको विचार गरिन्छ ।
६.  षष्ट भाव यसलाई रिपुभाव भनिन्छ । यो भावबाट जातकको मुख्यतः शत्रु, रोग, मामा, जय–पराजय, भूत–प्रेत विष प्रयोग, क्रु र कर्म आदिको बारेमा विचार गरिन्छ ।

७. सप्तम भाव यसलाई जिया अथवा पत्नी भाव भनिन्छ, यस भावबाट जातकको पति अथवा पत्नी, विवाह सम्बन्ध, विषय वासना, आमोद–प्रमोद व्यभिचार, जेनेन्द्रिय तथा साझेदारी व्यापार ।
८.  अष्टम भाव यसलाई आयु वा मृत्यु भाव पनि भनिन्छ । यसबाट जातकको आयु, मृत्युको कारण, दुःख–सङ्कट, मानसिक पीडा, आर्थिक क्षति, भाग्य हानि, गुप्ताङ्गको (यौनाङ्ग) रोग, आकस्मिक धन लाभ आदिको विचार गरिन्छ ।
९.  नवम भाव यसलाई भाग्य भाव पनि भनिन्छ । यसबाट जातकको भाग्य, धर्ममाथिको आस्था, गुरु, पिता, पूर्वजन्मको पाप–पुण्य, शुद्धाचरण, यश ऐश्वर्य, वैराग्य, आदि विषयमा  ।

१०.  दशम भाव यसलाई कर्म भाव भनिन्छ । दशम भावबाट जातकको कर्म, नोकरी, व्यापार व्यवसाय, आजीविका, यश सम्मान, राज्य सम्मान, राजनीतिक विषय, पदाधिकारी, पितृ धन, दीर्घ यात्रा, सुख आदिको बारेमा ।
११. एकादशभाव यसलाई आय वा लाभ भाव पनि भनिन्छ । यसबाट जातकको विभिन्न पुकारको लाभ, मित्र, पुत्रवधु, पूर्व सम्पन्न कर्महरुबाट भाग्योदय, सिद्धि, आशा, आमाको मृत्यु आदि  ।
१२. द्वादश भाव यसलाई व्यय भाव पनि भनिन्छ । यस भावबाट जातकको धनको व्यय, बायाँ आँखा, शैया सुख, मानसिक क्लेश, दैविक आपत्ति, दुर्घटना, मृत्यु पछिको स्थिति, पत्नीको रोग आमाको भाग्य, राजकीय सङ्कट, राजकीय दण्ड, आत्महत्या, एवं मोक्ष  ।