नेपाल ज्योति, माघ १४ –
कोरोना महामारीका प्रभावको कारण देशभरिका रगत सङ्कलन केन्द्रहरूमा रगत सङ्कलन नहुँदा बिरामीहरू मर्कामा परेको उनीहरूका आफन्तले बताएका छन् ।
रगतको अभाव हुँदा प्रसूति, मुटु, क्यान्सर, मिर्गौलाका बिरामी, थाल्सेमिया, हेमोफिलियाजस्ता रोगका साथै आकस्मिक शल्यक्रियाहरू समेत प्रभावित हुने खतरा देखापरेको छ।
महामारीको त्रास, कलेजहरू बन्द तथा रक्तदाता र प्राविधिक जनशक्ति नै सङ्क्रमित भएका कारण रगत सङ्कलन प्रभावित बनेको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशकले संचारमाध्यमलाई जानकारि दिएका छन्।
काठमाण्डौमा दैनिक ४०० पिन्टभन्दा बढी रगत खपत हुने गरेको भएता पनि हाल त्यसको झन्डै ३०/३५ प्रतिशत जति मात्रै रगत सङ्कलन हुदै आएको छ।