नेपाल ज्योति, माघ १४ –
अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको चेतावनी दिएका छन्।
यसैबीच रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको बताएको छ।
अन्तराष्ट्रिय संचारमाध्यामले जनाए अनुसार युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ। यद्दपि रुसले त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।