तेस्रोलिङ्गीलाई जबर्जस्ती करणी गरेर हत्या गरेको ठहर, मुख्य अभियुक्तलाई जन्मकैद हुने फैसला

तेश्रोलिङ्गिलाई वलात्कार गरि हत्यागरेक‍ो कसुर

  • प्रकाशित मिति : February 4, 2022
  • सरु आचार्य

नेपाल ज्योति, माघ २० – तेस्रोलिङ्गी एक युवतीलाई दुई वर्षअघि जबर्जस्ती करणी गरेर हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले मुख्य अभियुक्त तीन जनालाई जन्मकै हुने फैसला गरेको छ ।                   सोही फैसलामा हत्याको घटनामा संलग्न रहेका अन्य तीन अभियुक्तलाई अदालतले एक वर्षदेखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ ।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले हेटौडा उपमहानगरपालिका–११ घर भई हेटौडा—१० मा बस्दै आएकी २९ वर्षीया तेस्रो लिङ्गी युवतीको जबर्जस्ती करणीपछि हत्या गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ वर्षीय वुद्ध लामालाई जीवित रहेसम्म कैद गर्ने फैसला गरेको हो ।