नेपाल ज्योति, माघ २४ – निकै राजनितीक रस्सा-कस्सिका बीच सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
राजनितीक अन्यौलताकै बिच प्रमुख तीनदल काँग्रेस, एमाले र माओवादी पार्टीबीच सघन छलफल पश्चात स्थानिय तहको निर्वाचनको निकास निक्लेको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । यसअघि तीन चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको समयावधि जेठ ५ गते सकिँदै छ ।