नेपाल ज्योति, माघ २५ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिङ्गो जिल्ला पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएको छ ।
प्रचण्डनिवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमकाबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण) सहित जिल्ला सचिव, सह–सचिवलगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।