नेपाल ज्योति, माघ २५ – थापाले पार्टी परित्याग गर्ने घोषणा गरे लगत्तै बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले निवर्तमान अध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको छ ।
मंगलबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले पार्टी बाट अलग हुने घोषणा गरेका थिए ।
‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भन्दै गरेको घोषणाप्रति दुःख प्रकट गर्दछौँ’, प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’
राप्रपाले पार्टी राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापनालगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित भएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।