शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

१०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी, स्वास्थ अवस्था सामान्य

  • प्रकाशित मिति : February 8, 2022
  • - यमुना आचार्य
सत्यमोहन जोशी

नेपाल ज्योति, माघ २५ – शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । १०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको हो ।

सास फेर्न गाह्रो भएपछि सोमबार राति उहाँलाई ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना गरिएको छ ।

हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अब एकरदुई दिनको उपचारपछि डिस्चार्ज गरिने वरिष्ठ संस्कृतिविद् जोशीका आफन्तले जानकारी दिएका छन्।