प्रधानमन्त्री देउवाको संसदमा एमसीसी प्रस्तुत गर्ने प्रस्तावमा प्रचण्ड र माधवकुमार नेपाल असहमत

एमसीसी अनुमोदनमा अझै अलमल

  • प्रकाशित मिति : February 12, 2022
  • - विश्व घिमिरे
राजनीतिक

नेपाल ज्योति, माघ २९ –  अमेरिकी अनुदान सहायता एमसीसी सम्झौताबारे संसद्मा छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताले अस्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा छलफलमा लैजान प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको नेकपा माओवादी अध्यक्षको  सचिवालयले जनाएको छ ।

गठबन्धनबीच समान धारणा नबनेको र प्रतिपक्षले पनि धारणा स्पष्ट नगरेको अवस्थामा यसलाई संसद्मा लगेर मात्रै अर्थ छैन भन्ने विचार सत्तागठबन्धनका नेताले  कुरा राखेको नेता श्रोतले जनाएको छ।