महाअभियोग प्रस्ताव स्थानीय तहको चुनावलाई पछि धकेल्ने षड्यन्त्र भएको एमालेको आरोप

चुनावलाई पछि धकेल्ने दुष्प्रयास

  • प्रकाशित मिति : February 13, 2022
  • - विश्व घिमिरे
राजनीतिक

नेपाल ज्योति, फागुन १ –

नेकपा एमालेले सत्ता गठबन्धनले सर्वोच्च अदालतका प्रधान्यायधीश चोलेन्द्र शमशेर जबरामाथि गरेको महाअभियोगको प्रस्ताव दर्ता स्थानीय तहको चुनावलाई पछि धकेल्ने षड्यन्त्र भएको आरोप लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको सचिवालय बैठकले जबरामाथि आकस्मिकरुपले महाअभियोग लगाइएको र यो षड्यन्त्रपूर्ण रहेको निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले संचामाध्यमलाई जानकारि दिए ।

यस प्रकारको गतिविधिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरुलाइ समेत प्रभाव पारेको उनको भनाइ छ । यो लोकतन्त्र माथिको मात्रै प्रहार नभर राजनीतिक प्रणालीलाई नै अस्थिर बनाउने कदम हो, पोखरेलले बताए । महाअभियोगका विषयमा एमालेको भोलि सोमबार बस्ने संसदीय दलको बैठकले थप निर्णय लिनेछ ।

प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि एमालेको सचिवालय बैठक फागुन १ गते आइतबार साँझ ६ बजे बसेको थियो ।