नेपालमा पनि प्रणय दिवस मनाइदै, जोडि युवायुवतीमा यसको गहिरो प्रभाव

युवायुवती प्रेमसाटासाट गरेर रमाउदै

  • प्रकाशित मिति : February 14, 2022
  • घनश्याम आचार्य

नेपाल ज्योति, फागुन २ – हरेक वर्ष फेब्रुअरी १४ का दिन विश्वभर प्रेम साटासाट गरेर प्रेम दिवस मनाइन्छ । विशेषगरी युवायुवतीले आजको दिनलाई माया साट्ने विशेष अवसरका रुपमा मनाउने गरेका छन् । आज फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस,भ्यालेन्टाइन्स् डे, कतिपयले नेपालमा पनि धुमधामका साथ मनाइरहेका छन् ।

प्रणय दिवसको अवसरमा परिवार साथीभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम र सद्भाव साटासाट गर्ने प्रचलन समेत रहेको छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ ।

युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकालाई विभिन्न उपहार दिएर यो दिवस मनाउने गर्दछन् । त्यसो त नेपालभर यसको प्रभाव रहेको पाइन्छ । अझ उपत्यका र यसक‍‍ो आसपास आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको जोडीको भीड लाग्ने गर्छ।

ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।