नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक फागुन ७ गते बस्दै

  • प्रकाशित मिति : February 15, 2022
  • - विश्व घिमिरे
समाजबादी

नेपाल ज्योति, फागुन ३ –  सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक फागुन ७ गते बस्ने भएको छ।

स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको बुझिएको छ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनका तीन दलका ९८ सांसदको हस्ताक्षरमा संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि राजनीतिक दलले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

मङ्गलबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भेटवार्ता भएको छ। पछिल्ला दिनमा एमसीसी र प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि उनिहरुले छलफल तीव्र पारेका हुन्।