अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबार संसद्‍मा टेबल हुने संभावना

सम्भावित कार्यसूचीमा अहिले नभए त्यो फेरि थपिने

  • प्रकाशित मिति : February 15, 2022
  • -सरु आचार्य
ससद

नेपाल ज्योति, फागुन ३ – नेपाली काँग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबार संसद्‍मा टेबल हुने बताएको छ । मंगलबार सानेपास्थित पार्टी केन्द्रीय केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता महतले एमसीसी टेबल हुने जानकारी दिए । प्रवक्ता महतले संसदमा एमसीसी टेबल गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिबद्धता जनाएको उनले बताए ।

सभामुखबाट प्रतिबद्धता आइसकेको छ । भोलिको बैठकमा एमसीसी टेबल हुन्छ,’ उनले भने, ‘सम्भावित कार्यसूचीमा अहिले नभए त्यो फेरि थपिएला, तर भोलि टेबल हुन्छ ।’ बुधबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसीलाई समेटिएको छैन ।‘जो विरोध गर्दैछन्, उनीहरू नै एमसीसी सम्झौताको प्रक्रियामा संलग्न छन् ।

अझ संसद्‍बाट अनुमोदन गर्नुपर्छ भन्ने बुँदा नै केपी ओलीजीको सरकारले गरेको हो,’ उहाँले पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने ‘हिजो एउटा कुरा, आज अर्को कुरा गरेर बोली फेरेको राम्रो होइन, त्यसको जनताले मूल्यांकन गर्छन् ।’