कसैलाइ दुख कसैलाई मस्ती…….जसरि सास फेर्नु जवरजस्ती हुन्छ !

  • प्रकाशित मिति : February 16, 2022
  • -सरु आचार्य " काली"

नेपाल ज्योति, फागुन ४ –                                   कसैलाइ दुख कसैलाई मस्ती हुन्छ
जसरी सास फेर्नु जवरजस्ती हुन्छ ।।

आज बिताएका मिठा साथ भोलि
अँखा नझिम्किदै हिजो अस्ति हुन्छ ।।

जन्मिदै परिधी लेर जन्मिन्छे छोरी
सानो सानो खुशीमा नाइ नस्ती हुन्छ ।।

आफ्नो लागि सोच्न भ्याइँदैन कहिले
अरुको खुशी पूरा गर्दै सास्ती हुन्छ ।।

देश पनि तेसै त काहा  बन्छ हजुर
पूरा गर्ने त्याहाँ साना-साना बस्ती हुन्छ ।।

– सरु कालीको फेसवुकवाट साभार