नेपाल ज्योति, फागुन ४ –
दु:ख को बिच खुशी कैले पर्न मानेन
छ्ल कपट सोजो मनले गर्न मानेन ।।
बिपना भन्दा प्यारो सपना भैदियो
तेसैले परेलीले आँखा उघार्न मानेन ।।
केलाएर बचेको एक मुठ्ठी कनिकाले
कयौं दिन देखिको भोक टर्न मानेन ।।
बुडो भयो डुङ्गा पिध भरी प्वाल पर्यो
आज आफ्नै माझीलाई तार्न मानेन ।।
चुहुनेभो छानो रित्तो थियो घर र पनि
आगनीले आफ्नो ठाउँ छाड्न मानेन ।।
-सरु काली