एमसीसी अनुमोदन गर्ने नगर्ने कुराको निर्णयको अधिकार नेपालकै – अमेरिकी दुतावास

  • प्रकाशित मिति : February 19, 2022
  • सरु आचार्य

नेपाल ज्योति, फागुन ८ – अमेरीकाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने नगर्ने कुराको निर्णयको अधिकार केबल नेपालको भएको स्पष्ट गरेको छ ।
शनिवार नेपालस्थित अमेरिकी दूताबासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।