१८ जनाको सिटका लागि भएको जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण

चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी उत्तिर्ण

  • प्रकाशित मिति : February 20, 2022
  • बिश्व घिमिरे

नेपाल ज्योति, फागुन ८ – जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले गरेको नतिजा प्रकाशनअनुसार ३ जनामात्रै उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी रहेका छन् ।