नेपाल ज्योति, फागुन १२- सत्तारुढ दल नेपाली काँग्रेसको बुधबारको पदाधिकारी बैठकले भातृसंगठनको विधान परिमार्जनसहित पारित गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा यसअघिको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ एवम् शुभेच्छुक संगठनको विधानमाथि पदाधिकारीको सुझावसहित पारित गर्ने निर्णय गरेको थियो।