नेपाल ज्योति, फागुन १३- अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले विश्व बैंकसँग रु. दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त ऋण कोभिड–१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
“कोभिड–१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत नेपालले प्रभावकारीरूपमा प्रतिकार्य जारी राखेको कुरा हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले बताए । उनले नेपालले १२ वर्षभन्दामाथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको सुरुवाती साथै ‘बुस्टर’ मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए ।