जिल्ला न्यायाधीशमाथि भ्रष्टाचारमा अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने अधिकार न्याय परिषद्लाई

न्यायाधीश आनन्दमोहन भट्टराई, अनिल सिन्हा र बम कुमार श्रेष्ठको पूर्ण इजलास

  • प्रकाशित मिति : February 25, 2022
  • -सरु आचार्य
सर्वोच्च अदालत

नेपाल ज्योति, फागुन  १३- बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका चितवन जिल्ला अदालतका न्यायाधीशविरुद्ध चलाइएको मुद्दा सर्वोच्च अदालतको पुर्ण ईजलासले बदर गरेको छ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठ सहितको उक्त पूर्ण इजलासले चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले गरेको माग बमोजिम मुद्दा बदर गरिदिएको हो।

जिल्ला न्यायाधीश गौतम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाही गर्न नसक्ने भन्दै न्यायपरिषदबाट कारबाही हुनुपर्ने मागसहित अदालत गएका थिए ।

बिहीबार न्यायाधीश भट्टराई, सिन्हा र श्रेष्ठको पूर्ण इजलासले संविधानले जिल्ला न्यायाधीशमाथि भ्रष्टाचारमा अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने अधिकार न्याय परिषद्लाई दिएकोमा अख्तियारले आफ्नो क्षेत्राधिकार नाघेर मुद्दा चलाएको भन्दै ललिता निवाससम्बन्धी विशेष अदालतमा दायर मुद्दा न्यायाधीश गौतमका हकमा बदर गरिदिएको हो।