एउटा अनुहार मेरो सपनामा बार बार आउँछ

गजल

  • प्रकाशित मिति : February 26, 2022
  • -सरु आचार्य

नेपाल ज्योति, फागुन  १४-

एउटा अनुहार मेरो सपनामा बार बार आउँछ
नचाहेरै पनि हरेक रात हजार बार आउँछ

घृणा जन्मनु भन्दा पहिले अपार प्यार हुदोरहेछ
तेसैले दुख सुखमा पनि त्यो मुहार आउँछ

मैले आफुलाइ कोठामा थुनेको धेरै भयो
किन कि प्रतेक दिन त्यो अनुहार बजार आउँछ

म चलाउदिन फेसबुक, म्यासेनजर र भाइबर केही
खोल्यो कि उस्कै म्यासेज र कल मारामार आउँछ

पैला प्रेममा चोट र बिस्वासघात साटिएपछी याहाँ
हरेक प्रेम दिवसमा महङ्गो उस्का उपहार आउँछ

यसैले म सधै बिरक्तिन्छु दिन र रातहरु शीत
राती सपना र दिनमा दैलोमा उसको कार आउँछ
-सरु काली ✍️