बेहुलिझै सिंगारिन थालियो पशुपति क्षेत्र

  • प्रकाशित मिति : February 26, 2022
  • -सरु आचार्य

नेपाल ज्योति फागुन१४-नजिकिदै गरेको महाशिवरात्रिको अवसर पारेर भारत तथा अन्य देशबट बाबाहरू पशुपतिनाथमा आउन थालीसकेका छन्। भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्।

पर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने परम्परा छ ।पशुपति क्षेत्र अहिलेदेखिनै सिंगारिन थालिसकेको छ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।