नेपाल ज्योति फागुन१४- देश भर पल र समिक्षाको कुरा लाई लिएर नाबालिकाको हदमा सहमतिमै भएको शारिरिक सम्पर्क पनि बलतकार हो भन्ने बिबाद साम्य हुनै नपाई यता भने मोरङ लेटाङ–८ को ज्यामिरे टोलबाट जाँते माध्यमिक विध्यालयजान भनेर हिडेकि करुणा राई बलतकार जास्तो सोच्दा पनि आत्यास लाग्ने घटनाको शिकार भइन ।
कक्षा–६ मा पढ्ने करुणा राई पनि निर्जन जंगलको बाटो छिचोलेर नियमित स्कुल पुग्थिन्। बँदेल र चितुवाजस्ता जनावरको औधि डर हुने बाटोमा करुणा अहिलेसम्म जंगली जनावरको आक्रमणबाट जोगिँदै आएकी थिइन्। तर, गत बुधबार साँझ उनी जंगली स्वभावको मान्छेको आक्रमणमा परिन्, जसले बलात्कारपछि उनको ज्यान नै लियो। ज्यामिरे टोलबाट जाँते माध्यमिक विध्यालय पुग्न दुई घण्टा लामो पैदल झर्नुपर्छ।
१२ वर्षीया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षे दीपक गिरीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा गिरीले बलात्कारपछि मुख थुनेर हत्या गरेको र ढुङ्गाले थिचेर छाडेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
बुधबारबट बेप्त्ता करुणाको शव शुक्रबार बिहान फेला परेको थियो। एकातिर नारिहक हितकै कुरा र न्यायको आवाज उठिरहदा अर्को तिर १२ बर्ष कलिलो बालिका माथि जघन्य अपराध हुदा पनि कयै लाई पत्तो समेत छैन । थाहा छैन कहिले सम्म यस्ता बलतकारका घटनाहरु बिना डर खुले आम हुने हुन अनि अझै कति छोरिहरुको लाश जङ्गलमा यसै गरी भेटिरहने हुन ।