अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदन

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले सम्झौता अनुमोदनको पक्षमा ताली बजाए

  • प्रकाशित मिति : February 27, 2022
  • -सरु आचार्य
ससद

नेपाल ज्योति फागुन १५ –

प्रतिनिधीसभाको बैठकले अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदन गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौता र सम्झौता माथिको १२ बुँदे व्याख्यात्मक घोषणा तल्लो सदनले छलफलपछि बहुमतले अनुमोदन गरेको हो।

एमसीसीको विपक्षमा एमालेका भीम रावल, नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले मात्रै मतदान गरेका थिए।

एमालेका अन्य सांसदले मतदानमा भाग लिएनन्।

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले पनि सम्झौता अनुमोदनको पक्षमा ताली बताएका थिए।

यसअघि संसद् भवन परिसरमै राखिएको मन्त्रिपरिषद्को बैठकले एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो।