युक्रेन र रुसको लडाइँ अब जारी हुने कि रोक्किने? २४ घण्टामा निर्णाय हुने

  • प्रकाशित मिति : February 28, 2022
  • -सरु आचार्य

नेपाल ज्योति फागुन१६- युक्रेनको रुससँगको लडाइँका लागि आगामी २४ घण्टामा निर्णाय हुने बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोडाइमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग फोन वार्ताका क्रममा उक्त्त जानकारी दिएका हुन ।

जोन्सनले बेलाइत र अन्य सहयोगीबाट रक्षात्मक सहायता सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने कुरा बताएका छन् ।
यसैबीच क्षेत्रीय सरकारका अनुसार दक्षिणी युक्रेनको बर्दियान्स्क शहरलाई रुसी सेनाले सोमबार बिहान कब्जामा लिएको थियो ।

युक्रेनी सेनाले सोमबारको दिन कीभको स्थिति अझै पनि आफ्नो नियन्त्रणमा रहेको बतायो।
हालैको विकासअनुसार सोमबार बेलारूसको गोमेल क्षेत्रमा रूसी पक्षसँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल उक्त स्थानमा आइपुगे भनी स्पुटनिकले रिपोर्ट गरेका छन्। ■