नेपाल ज्योति फागुन १७ – पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली पारेर व्यापकरुपमा सझाइएको छ । अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले भक्तजनहरुको ध्यानखिच्ने गरि आकर्षक बनाइएको देखिन्छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका लागि करिव रु ५० लाख खर्च भएको बताइएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ । फागुन १७ गते महाशिवरात्रि पर्व धुमधाम साथ मनाइंदै छ ।
पशुपतिपरिसरमा स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम बढ्नाका साथै दैनिक चहलपहल पनि बढेको छ । मन्दिरवरिपरी खाली भित्तामा भगवानका आकर्षक चित्र कोरिएपछि यो क्षेत्र झनै मनमोहक र अर्कषक बनेको छ ।
महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ ।
बिभिन्न समाजसेवी संघसंस्थाहरु भक्तजनहरुलाई असुबिधानहोस भनेर मन्दिर परिसरमा खटिरहेको देखिन्छ ।