सांसद मोहन बानियाँ बलात्कारको आरोपमा नेपालगञ्ज विमानस्थलबाट पक्राउ

  • प्रकाशित मिति : March 1, 2022
  • - घनश्याम आचार्य
सांसद मोहन बानिया

नेपाल ज्योति फागुन १७ –

नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट फागुन १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टिगरेको छ।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनै महिलाको उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।