नेपाल ज्योति, फागुन १८ – युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आइरहेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जारी लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन् ।
रुसले किएभस्थित प्रमुख टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजना मारिएको युक्रेनले जनाएको छ ।
अमेरिकी रक्षा अधिकारीहरूले युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गति धीमा भएको र उसका केही सैनिकले आत्मसमर्पण गरेको बताएका छन् ।
रुसी बख्तरबन्द गाडीहरूको विशाल लस्कर युक्रेनी राजधानी किएभतर्फ अझै बढिरहेको छ
दक्षिणी शहर खेअरसनमाथि रुसी सेनाको नियन्त्रण कायम, कयौ सर्वसाधारण मारिएको दावी
- प्रकाशित मिति : March 2, 2022
- -सरु आचार्य
